image
image

फोक्सो र मुटुका बिरामीलाई छ लाख सहयोग

काठमाडौँ ७ असोज । पाँचपोखरी थाङपाल गाँउपालिका–३ भोताङका रामे तामाङको उपचारका लागि विभिन्न देशमा रहेका नेपालीले रु छ लाख १० हजार सहयोग गरेका छन् । लामो समयदेखि फोक्सो र मुटुका बिरामी ५८ वर्षीय तामाङ पूरै अक्सिजनको भरमा मात्र बाँचिरहेको उनको परिवारले जनाएको छ ।


उनको उपचारका लागि बेलायतमा दामी तामाङको नेतृत्वमा र इजिप्टमा पिङ्की तामाङको नेतृत्व तथा वडाध्यक्ष ङिमाछिरिङ तामाङको समन्वयमा उक्त रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ । अहिलेसम्म उपचारमा रु नौ लाख खर्च भएको तथा अब खर्च धान्ने अवस्थामा परिवार नरहेकाले सहयोग सङ्कलन थालिएको वडाध्यक्ष तामाङले बताए । बेलायतबाट रु चार लाख १० हजार र इजिप्टबाट रु दुई लाख सहयोग प्राप्त भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।