image
image

नेप्सेमा झिनो अंकको बृद्धि

काठमाडौँ ७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार झिनो अंकको बृद्धि भएको छ । आज नेप्से २.७० अंकले बढेर दुई हजार ८ सय १९ दशमलब ६६ विन्दुमा पुगेको हो । बुधबार नेप्से १०४.८८ अंकले बढेर दुई हजार ८ सय १६ दशमलब ९५ विन्दुमा पुगेको थियो ।   

त्यस्तै, आज ७ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ । बुधबार ६ अर्ब १७ करोड ९३ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका बैंकिङ र फाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् । 

आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र युनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको भएको छ । यस कम्पनीको आज ३४ करोड भन्दा बढीको कारोबार भएको छ ।     
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।