काठमाडौँमा भन्दा तराईमा बढी महँगी
काठमाडौँ ८ असोज । नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौँ उपत्यकामा भन्दा तराईमा उच्च मूल्यवृद्धि हुने गरेको पाईएको छ । हिमाली क्षेत्र र काठमाडौँ उपत्यकाको तुलनामा उत्पादन बढी हुने, उत्पादन लागत कम हुने र ढुवानी समेत सजिलो हुने भएपछि तराईमा मूल्यवृद्धि बढी रहेको राष्ट्र बैंकले जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार गत साउन महिनामा तराईमा ४.११ प्रतिशत मूल्यवृद्धि रहेको छ। उक्त मूल्यवृद्धि काठमाडौं उपत्यका र हिमाली क्षेत्रको तुलनामा न्यून हो। काठमाडौं उपत्यकामा ३.७ प्रतिशत र हिमाली भेगमा ३.५८ प्रतिशत मूल्यवृद्धि दर रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै पहाडी क्षेत्रमा साउन महिनामा मूल्य वृद्धिदर ५.६३ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको आर्थिक स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले समग्र मूल्यवृद्धि ४.३५ प्रतिशत रहेको उल्लेख गरेको छ। गत वर्षको सोही अवधिमा ३.४९ प्रतिशत मूल्यवृद्धि भएको थियो।