image
image

२ महिनाको व्यापार घाटा २ खर्ब ७० अर्ब

काठमाडौँ, ८, असोज । चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ७० रुपैयाँ नाघेको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनासम्म २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ नाघेको छ।

दुई महिना अवधिमा नेपालमा कुल आयात ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ। सोही समयमा नेपालको निर्यात भने आयातको तुलनामा न्यून रहेको छ। भदौसम्म ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात भएको विभागको तथ्यांक छ। 

दुई महिना अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ बराबरको भएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा भएको वैदेशिक व्यापार पोहोर साल सोही अवधिको तुलनामा ७९.९२ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो २ महिनामा १ खर्ब ९९ अर्ब २८  करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको नेपालको वैदेशिक व्यापार भएको थियो। 

चालु आर्थिक वर्षको पहिलो २ महिनामा आयात ७५.८६ प्रतिशतले बढेको र निर्यात ११५.४३ प्रतिशतले बढेको भन्सार विभागले जानकारी दिएको छ। कुल वैदेशिक व्यापारमा आयात निर्यातको अनुपात क्रमशः ८७.७२ र १२.२८ प्रतिशत रहेको भन्सार विभागले जानकारी दिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा आयात निर्यातको अनुपात क्रमशः ८९.७४ र १०।२६ प्रतिशत रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।