image
image

अलैंचीको मूल्य प्रतिमन ३२ देखि ३५ हजारसम्म

काठमाडौँ, ८, असोज। ताप्लेजुङमा गत हप्तादेखि नयाँ मूल्यमा अलैंची खरीदविक्री शुरू भएको छ । अलैंचीको नयाँ उत्पादन बजारमा आउन थालेसँगै कारोबार मूल्य गतवर्षको भन्दा धेरै रहेकाले किसान तथा व्यवसायी उत्साहित छन् । पछिल्ला केही वर्षयता अलैंचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष शुरूमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैंचीको मूल्य प्रतिमन रू. ३२ हजारदेखि ३५ हजारसम्ममा खरीदविक्री भइरहेको छ ।

हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैंची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको छ । जिल्लाकै प्रमुख नगदेबालीको रूपमा रहेको अलैंचीको नयाँ मूल्य गतवर्षको भन्दा यस वर्ष रू। १२ हजारदेखि १४ हजारसम्म बढी रहेको सदरमुकाम फुङ्लिङ बजारका स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए । उनका अनुसार गतवर्ष नयाँ अलैंची बजारमा कारोबार हुन थाल्दा प्रतिमन रू। २० हजारदेखि २२ हजार मात्र मूल्य थियो । यस वर्ष शुरूमा आएको अलैंचीको मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको उनको भनाइ छ ।

यता, यस वर्ष अलैंची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् । अहिले औल क्षेत्रको अलैंची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बूले बताए । उनका अनुसार यस वर्ष औल क्षेत्रमा सबैतिर अलैंची नफलेकाले उत्पादन घटेको छ । लेकाली क्षेत्रमा भने अलैंची फल राम्रै लागेको किसानले बताएका छन् । लेकाली क्षेत्रको अलैंची भने कात्तिकदेखि मंसिरसम्ममा निस्कने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।