व्यापारीले किसान ठग्न थालेपछि खाद्य कम्पनीले किन्यो २४ हजार टन धान
काठमाडौँ ५ फागुन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समर्थन मूल्यअनुसार धान खरिद गरेको जानकारी दिएको छ । कम्पनीले सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार विभिन्न जिल्लाबाट माघसम्म २४ जार २ सय ७९ टन धान खरिद गरेको जनाएको छ ।
किसानलाई उचित मूल्य उपलब्ध गराउनका लागि सरकारले प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गरेको भएपनि किसान ठगिने क्रम भने रोकिएको छैन । त्यस्तै सरकारले मोटा धानको प्रतिक्विन्टल २ हजार ७३५ र मध्यम धानको प्रतिक्विटल २ हजार ८८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
यस्तै कम्पनीले राजापुरबाट मोटा धान ३ हजार ५९८ टन र मकवानपुरबाट ५८७ टन खरिद गरेको छ । धनगढीबाट मोटा धान ५ हजार ३८६ टन खरिद गरेको छ । यस्तै, विर्तामोडबाट सोना मन्सुली धान १ हजार ४९९ टन रन्जित धान ५० टन खरिद गरेको छ । विराटनगर १ हजार ५ सय टन धान खरिद गरेको छ । यस्तै, लाहानबाट २ हजार २५६ टन, वीरगन्जबाट २ हजार ९४८ टन धान खरिद गरेको कम्पनीले जानकारी दिए । भैरहवाबाट १८ टन, जनकपुरबाट १ हजार ६१२ टन, महेन्द्रनगर ९४७ टन, नेपालगन्जबाट १ हजार ६ सय टन धान खरिद गरेको कम्पनीले जानकारी दिए । यो वर्ष ६० हजार टन धान खरिद गर्ने योजनाअनुसार विभिन्न जिल्लाबाट धान खरिदको गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
पछिल्लो समय खाद्य कम्पनीले चामलसँगै, सिमी र जुम्लाको मार्सी चामलसमेत बिक्री सुरु गरेको छ । कम्पनीले किसानबाट धान खरिद गरेर कुटाएर चामल बिक्री गर्दै आएको छ । कम्पनीले सुपथ मूल्यमा सुगम तथा दुर्गम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ । विचौलियाले गर्दा किसन एवम् उपभोक्ता दुवै मारमा पर्ने भएकाले खाद्य कम्पनि आफै खरिद तथा विक्रिमा लागेको पनि जानकारी दिए ।