कमलपोखरीको ९५ प्रतिशत काम सम्पन्न
काठमाडौँ, ८, असोज । टनाटन पानी भरिएको कमलपोखरीको निरीक्षण सिलसिलामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।
काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि आज कमलपोखरी पुगेका शाक्यले छिट्टै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्ने योजना रहेको बताए।
‘सबैले रानीपोखरी मात्रै देखेका छन् हामी कमलपोखरीलाई रानीपोखरी भन्दा पनि आकर्षक बनाउने योजनासहित अघि बढेका छौँ, उनले भने, ‘एकातिर पानी, अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएका छौँ।
उनले पानी पुनर्भरण र पानी शुद्धीकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरिएको स्मरण गराए। ‘पहिला बेबारिसे र फोहोर जमेको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हौं, शाक्यले भने।
पहिलो चरणको काम सम्पन्न गर्नेवित्तिकै अब दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ रहेको अर्थात पहिला कमलपोखरी प्रहरी बीट रहेको करिब पाँच रोपनी क्षेत्रलाई विस्तार गर्दै आकर्षक पार्क निर्माण गरिने उनले बताए।
कमलपोखरी वरिपरि चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारिएको र त्यहीं अनुरुप काम अघि बढेको शाक्यले बताए।
सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक, संस्कृति झल्किने चार ओटा मण्डप तथा पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी दिए।
करिब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरीले परम्परागत नेपाली शैलीलाई आत्मसाथ गरेको उनले बताए। पोखरी छिर्ने गेटलाई नेपाली स्वरुप दिइएको छ, बस्नेतले भने, ‘पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ। पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ। त्यसैगरी विभिन्न ठाउँमा चैत्य र पाँच ओटा मकरधार रहने छन्।
काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठले आकाशे पानी पोखरीमा जम्मा हुने व्यवस्था रहेको बताए। उनले गेट, शौचालयको केही र रंगरोगनलगायतको मात्रै काम बाँकी रहेको जानकारी दिए।