राष्ट्र बैंकले सुन खपत बारे अध्ययन गर्दै
काठमाडौँ ९ असोज । पछिल्लो समय नेपालमा कच्छा सिन्को अभाव भयो भन्दै राष्ट्र बैंकमा दबाब बढ्ने थालेको छ । सोहि दबाबलाई मध्येनजर गर्दै बैंकले मुलुकभर सुन कति खपत हुन्छ भनेर अध्ययन गर्न थालेको छ ।
नेपालमा राष्ट्र बैंको निर्देशन अनुसार अन्य बैंकले सुन आयात गर्ने नियम छ । अहिले बैंकहरुले दैनिक २० किलोका दरले मात्र कच्चा सुन ल्याउँदै आएका छन् । सुन व्यवसायीले गत भदौं ३० गते नेपाल राष्ट्र बैंक पुगेर सुनको माग अत्याधिक भएको र मागको तुलनामा आपूर्ति कम भएको भन्दै आयात बढाउन दबाब नै दिएका थिए ।
राष्ट्र बैंकले माग र आपूर्तिबीचको सन्तुलन मिलाउने तयारी गरेको छ । सुनमा भइरहेको अवैध कारोबार रोक्ने पहल भइरहेको राष्ट्र बैंकको भनाइ छ । सुन नेपालमा खपत बढी देखाएर चोरी पैठारी भारतमा समेत हुने गरेको केन्द्रीय बैंकको ठहर छ ।