image
image

यस्तो छ साताको शेयर बजार

काठमाडौँ ९ आसोज । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २८ सय १२ अंकमा रोकिएको थियो । यो साताको पहिलो कारोबार दिन असोज ४ गते परिसूचकमा ११४ अंकको गिरावट आएको थियो ।

त्यसपछि असोज ५ गते १३ अंक र ६ गते १०४ अंकको बृद्धि भएको थियो । यस्तै, साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेपछि साताभर ७ अंकको सुधार आउँदै बन्द भएको हो । परिसूचक बढेसँगै नेप्सेको कुल बजार पूँजीकरण ३९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ ।


गतसाता बजार पूँजीकरण ३९ खर्ब ३५ अर्ब रुपैयाँ थियो । यसैगरी, यो साता कारोबार भएका चार दिनमा २९ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  यस्तै, यो साता नेप्सेको सेन्सेटिभ इन्डेक्स ४.२४ अंकले बढ्दा फ्लोट इन्डेक्स १.६५ अंकले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।