व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी
काठमाडौँ, ९, असोज । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्नछन् । तीन वर्षदेखि उनले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी गर्न सफल भएका छन् ।
बारीमा उत्पादित तरकारी बेचेर उनले वार्षिक रुपमा रु तीन लाख बढी आम्दानी गर्दै आएका छन । परम्परागत तरिकाले विगतमा तरकारीखेती गर्दा मुस्किलले वर्षमा रु ५० हजारदेखि ६० हजार मात्रै आम्दानी हुन्थ्यो उनले भने, आधुनिक तरिकाले तरकारीखेती गरी बढी उत्पादन लिनका लागि तालिम पाए । तालिममा सिकेका कुरा व्यवहारमा उतार्न थाले । उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा चार गुणाले बढेको छ ।
मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममा आवद्ध भएपछि उनले तालिमसँगै अनुदानमा थोपा सिँचाइसहितको प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेट पाएका छन् ।
तरकारी खेतीका लागि आधुनिक तौर तरिकासँगै कृषि आंैजार र उपकरण पाएपछि उहाँ व्यावसायिक खेतीलाई अगाडि बढाउन हौसिएका छन् । एक बिघा जग्गामा गौतमले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममा आवद्ध एक सय जना किसानमध्ये ६० जनाले व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका छन् । अन्य किसान मौसमी तरकारी खेतीमा संलग्न छन् ।
तरकारी खेतीमै संलग्न विनोद चौधरीको वार्षिक कमाइ रु दुई लाख जति हुने गरेको छ तरकारी खेतीबाट आएको पैसाले घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च चलाउन सहज भएको उनले बताए । बचेको पैसा बैंक र गाउँको सहकारीमा उनले बचत गर्दै आएका छन् ।
खेतमा उत्पादित तरकारी किसानले बेच्नका लागि बजार चहार्दै हिँड्नुसमेत पर्दैन । बारीमा लगाइएको तरकारी बेच्नका लागि तयार भएपछि किसानले फोनमार्फत नै व्यापारीलाई फोन गर्छन्” कृषि प्राविधिक चेतराज चौधरीले भने, व्यवसायीले बजारमा चलनचल्तीको दररेटमै बारीबाट तरकारी खरिद गरी लैजाने गरेका छन् । केही तरकारी गाउँमै बिक्री हुने गरेको छ ।