image
image

तीन खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

काठमाडौँ, ९, असोज। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८/७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६ र निर्यातमा ११५.४३ प्रतिशतले वृद्धि भएको हो ।

तथ्याङ्कअनुसार दुई महिनामा रु ४४ अर्ब तीन करोड ९५ लाख ९१ हजार बढीको स्वदेशी वस्तुको निर्यात भएको छ भने रु तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख बराबरको विदेशी वस्तुको आयात भएको छ ।

गत आव २०७७/७८ को समीक्षा अवधिमा रु २० अर्ब ४४ करोड बराबरको निर्यात भएको थियो भने रु एक खर्ब ७८ अर्ब ८४ करोड ६२ हजार बराबरको आयात भएको थियो ।

विभागको तथ्याङ्कअनुसार गत साउन महिनामा रु एक खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार बराबरको विदेशी वस्तुको आयात भएको हो । यस्तैगरी साउन महिनामा रु २० अर्ब ७६ करोड ५१ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।