मौद्रिक नीतिले व्यवसाय पुनरुत्थानमा सहयोग पुग्ने उद्योग परिसंघको विश्वास
काठमाडौँ ५ फागुन । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ ।कोरोना महामारीले थालिएको अर्थतन्त्रमा सहयोग पुग्ने भन्दै उद्योग परिसंघले राष्ट्र बैंकको मौद्रिक नीति स्वागत गरेको छ । त्यस्तै अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान दिएको र कर्जाको व्याज दरलाई वान्छित सीमामा राखी व्यवसायलाई सहज वातावरण बनाउन खोजिएको जनाएको छ ।
पछिल्लो समय राष्ट्र बैंकले तेश्रो मुलुकबाट ड्राफ्ट र टिटीको माध्यमबाट वस्तु आयात गर्दा भुक्तानी गर्ने रकम बढाइनु, भारतबाट विदेशी मुद्रामा आयात गर्ने वस्तु थप हुनु, स्वचालित तवरबाट नियमनकारी निकायबाट स्वीकृत भएको विदेशी लगानीको लागि अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै व्यवसाय सञ्चालकको निजी सम्पत्ति कम्पनीको कर्जाको लागि धितो राख्न नपाउने व्यवस्था, लगातार दुई वर्ष घाटामा रहेका उद्योग व्यवसायलाई वाणिज्य बैंकले सुक्ष्म निगरानीमा राख्नु पर्ने विषयहरु समेत राष्ट्र बैंकले पुर्नविचार गर्ने परिसंघले विश्वास व्यक्त गरेको छ ।
विदेशी मुद्राको व्यक्तिगत पासपोर्ट सटही सुविधा, भारतबाट विदेशी मुद्रामा आयात हुने वस्तुहरुको सूची तथा विदेशी विज्ञलाई हुने भुक्तानी जस्ता सहजीकरणका निर्णय उद्योग परिसंघलाई स्विकार्य भएको पनि बताए ।