image
image

नेप्सेमा पहिरो, कारोबार रकममा पनि गिरावट 

काठमाडौँ ९ असोज । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ६१.२७ अंकले घटेर दुई हजार ७ सय ५८ दशमलब ४८ विन्दुमा पुगेको हो । त्यस्तै, आज ६ अर्ब ५० करोड बराबरको कारोबार भएको छ ।

त्यस्तै आज २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २ सय ६० शेयर ७३ हजार ६ सय ९३ पटक कारोबार भएको छ । आज कारोबार भएका म्युचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् ।   

आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३१७.२० रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३३ करोड भन्दा बढीको कारोबार भएको छ ।      
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।