image
image

बाढीका कारण साना जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ १० असोज । अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पु¥याएको हो ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ । निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँ अगाडि आयोजनाको मर्मत गरेर विद्युत् उत्पादनको कार्य पुनःसुरु गर्ने सम्भावना नरहेको बताए ।

हुम्लामा यतिखेर विद्युत् सेवा अवरुद्ध भएको छ । बिजुली नभएपछि यहाँका कतिपय स्थानमा सञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।