image
image

पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार

काठमाडौँ  १० असोज  ।  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई रू एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।आज सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको पालिका गान पठाउन माग गरेको हो । चालिसदेखि ७५ शब्दसम्म नेपाली भाषामा नगरपालिकाको पहिचान झल्किने गान नगरपालिकाको सम्पर्क ठेगानमा खामबन्द गरी पठाउन र कार्यालयको इमेलमासमेत पठाउन भनिएको छ ।


प्राप्त गानमध्ये उत्कृष्टलाई पुरस्कार दिइने नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए । नगरको विषय विज्ञ समितिले प्राप्त गानलाई छनौट गर्ने र आवश्यक परे परिमार्जन पनि गर्नसकिने नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।