सरकारले तोकेको मूल्यमा खाद्य कम्पनीले किन्यो २४ हजार टन धान
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २४ हजार टन धान खरिद गरेको छ। कम्पनीले सरकारले निर्धारण गरेको मूल्यअनुसार विभिन्न जिल्लाबाट माघसम्म २४ जार २ सय ७९ टन धान खरिद गरेको हो ।
सरकारले निर्धारण गरेको मूल्य अनुसार मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको प्रतिक्विटल २ हजार ८ सय ८५ रुपैयाँ रहेको थियो। कम्पनीले राजापुरबाट मोटा धान ३ हजार ५९८ टन र मकवानपुरबाट ५८७ टन खरिद गरेको छ । धनगढीबाट मोटा धान ५ हजार ३८६ टन खरिद गरेको छ । यस्तै, विर्तामोडबाट सोना मन्सुली धान १ हजार ४९९ टन रन्जित धान ५० टन खरिद गरेको छ ।
विराटनगर १ हजार ५ सय टन धान खरिद गरेको छ । यस्तै, लाहानबाट २ हजार २५६ टन, वीरगन्जबाट २ हजार ९४८ टन धान खरिद गरेको कम्पनीले जानकारी दिए । भैरहवाबाट १८ टन, जनकपुरबाट १ हजार ६१२ टन, महेन्द्रनगर ९४७ टन, नेपालगन्जबाट १ हजार ६ सय टन धान खरिद गरेको कम्पनीले जानकारी दिए । यो वर्ष ६० हजार टन धान खरिद गर्ने योजनाअनुसार विभिन्न जिल्लाबाट धान खरिदको गरिरहेको कम्पनीले जानकारी दिएको छ ।
व्यापारीले किसानबाट सस्तो मूल्यमा धान खरिद गरी ठग्न थालेपछि सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले किसानबाट धान खरिद गरेर कुटाएर चामल बिक्री गर्दै आएको छ । कम्पनीले सुपथ मूल्यमा सुगम तथा दुर्गम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ । कम्पनीले चामलसँगै, सिमी र जुम्लाको मार्सी चामलसमेत बिक्री सुरु गरेको छ ।