image
image

एक महिनामै भित्रियो साढे ८ लाख फोन भित्रियो

काठमाडौँ, १०, असोज । दशैं नजिकिएसँगै नेपालमा भित्रिने मोबाइलको संख्या बढेको छ । भदौमा मात्रै साढे ८ लाख फोन आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा १० अर्ब ३६ करोड ३५ लाख भन्दा बढी मू्ल्यको कूल १४ लाख ९८ हजार ७ सय ६५ वटा मोबाइल आयात भएको छ ।

त्यसमध्ये ८ लाख ३१ हजार २ सय ४७ वटा मोबाइल सेट भदौ महिनामा मात्रै आयात भएको विभागको तथ्यांक छ । भदौं महिनामा मात्रै ५ अर्ब ५३ करोड ६७ लाख मूल्य बराबरको मोबाइल आयात भएको हो ।

विभागको तथ्यांक अनुसार गएको साउन महिनामा चार अर्ब ८२ करोड ६७ लाख रुपैयाँ भन्दा बढीको ६ लाख ६७ हजार ५१८ सेट मोबाइल नेपाल भित्रिएका थिए ।अघिल्लो वर्षको सोही अवधि (साउन र भदौं) मा नेपालमा कूल ७ अर्ब ९४ करोड बराबरको कूल ९ लाख ९५ हजार मोबाइल आयात भएको थियो ।

साउन र भदौमा आयात भएको मोबाइलको संख्या बढेको भए पनि पछिल्लो समय बजारमा मोबाइलको अभाव भएको व्यवसायीहरु बताउँ५न् ।

सामसङ मोबाइलको आयातकर्ता आईएमएस ग्रुपका निर्देशक तथा मोबाइल फोन आयात संघका अध्यक्ष दीपक मल्होत्राले भने, ‘विश्व बजारमा चिपको अभाव देखिँदा नेपालमा त्यसको असर देखिएको छ । जसले गर्दा मोबाइल आयात हुने वित्तिकै सकिने खालको अवस्था सिर्जना भएको छ । विशेषगरी सस्तो मूल्य (लो–रेन्ज) का स्मार्टफोन बजारमा अभाव रहेको उनले बताए ।

साओमी मोबाइलको आधिकारिक बिक्रेता टेलिडाइरेक्ट प्रालि तथा मोबाइल फोन आयात संघका उपाध्यक्ष सञ्जय अग्रवालले पनि बजारमा सस्तो मूल्यका स्मार्टफोन अभाव रहेको बताए । 
‘२० हजार मुनीका मोबाइल अभाव देखिएको हो अग्रवालले भने, नेपालमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन नै यही मूल्यका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।