image
image

मानुषी लघुवित्तको शेयर कारोबार आज नहुने  

काठमाडौँ, ११, असोज । मानुषी लघुवित्तको शेयर कारोबार आज नहुने भएको छ । आजको प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार नभएपछि नियमित समयमा कारोबार नहुने भएको हो।

नेप्सेमा आइतबार कम्पनीको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको थियो  । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १३२.६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको जुनसुकै मूल्यबाट पहिलो कारोबार सुरु हुन सक्ने ब्यबस्था छ। तर आजको प्रि ओपनमा कम्पनीको मूल्य म्याच नभएपछि मूल्य तय नभएकोले नियमित समयमा कारोबार नहुने भएको हो ।  अब मंगलबारको प्रि ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएमा मंगलबारेदेखि नियमित समयमा कम्पनीको कारोबार हुने छ ।  कम्पनीको कारोबारको लागि सिम्बल तोकिएको छ ।

 कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको  थियो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो  । जस मध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५४६९ कित्ता कर्मचारीलाई र जारी पुंजीको ५ प्रतिशतले हुन आउने १९ हजार ६ सय ८८ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ३ लाख ६८ हजार ५ सय ९३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।