सामाजिक सुरक्षा कोष : अब पेन्सन र अवकाश दुवै सुविधा पाउने
काठमाडौँ ५ फागुन । अब सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन (निवृत्तिभरण) र अवकाश दुवै सुविधा लिन पाउने भएका छन् । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि–२०७५ लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनाइएको हो । कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।
त्यस्तै यस अघी एउटा मात्र सुविधा छान्न पाउनेमा अब वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई दुई भागमा वर्गीकरण गरिएको छ । त्यसमध्ये पेन्सन योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको छ,’ कोषका प्रवक्ता विवेक पन्थीले भने, ‘पहिला योगदानकर्ताले यी दुई योजनामध्ये एउटा रोज्नुपर्थ्यो, अब दुवै सुविधा पाउँछन् ।’ पेन्सन बढी पाउनका लागि भाग गर्ने समय पनि घटाइएको उनले जानकारी दिए ।
अब ‘६० वर्ष बितेपछि २० प्रतिशत रकम पेन्सनमा आउने भयो । पहिला जम्मा भएकोलाई १८० ले भाग गरेर आउने रकम दिने व्यवस्था थियो भने अब १६० ले भाग गरेर आउने रकम आजीवन पाउँछन् । यसका लागि रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकका तर्फबाट न्यूनतम तलबको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।