image
image

 निर्माण व्यवसायी महासंघ :निर्माण क्षेत्रका समस्या समाधान गर्न माग

काठमाडौं ५ फागुन ।  नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले निर्माण क्षेत्रका समस्या समाधान गर्न माग गरेको छ ।    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई भेटी व्यवसायीका समस्या र समाधानबारे जानकारी गराएको छ ।

धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्तिसुरक्षा, योजना हस्तान्तरण,  क्रेडिट लाइन कमिशन, मूल्यवृद्धि, कोभिड–१९ को मापदण्डलगायत विषयमा महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराएको हो ।
 
त्यस्तै  आर्थिक कारोवारलाई चलायमान बनाउन निर्माण व्यवसायीका सम्पन्न भएका र चालू अवस्थामा रहेका ठेक्काको आफ्नो बिलबाट कट्टी भई राज्यको ढुकुटीमा निष्क्रिय अवस्थामा रहेको पाँच प्रतिशत धरौटीबापतको रकम निर्माण उद्योगलाई जीवन्तता दिन निर्माण व्यवसायीलाई बैंक ग्यारेन्टीका आधारमा फिर्ता पाउने व्यवस्था गरिनु अति आवश्यक भएको महासंघले जनाएको छ ।

प्रतिनिधिमण्डलमा महासङ्घका उपाध्यक्ष आङ दोर्जी लामा (एडी), उपमहासचिव टङ्कप्रसाद चौलागाईं, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्य समिति सदस्य अशोककुमार केसी, कार्यालय प्रमुख प्रेमसिंह ऐर लगाएतले  माग थप गर्दै सबै प्रकारका तोकिएका समयमा निर्माण हुन नसकेका निर्माणको म्याद छ महिना थप गर्न सरकारबाट नीतिगत निर्णय गरिनुपर्ने माग पनि  राखेका छन् । यन्त्र उपकरणमाथि अज्ञात समूहबाट पटकपटक भइरहेको शृङ्खलाबद्ध आक्रमण तथा आगजनीका घटनाबारे अवगत गराई दोषीलाई कडा कारवाहीकोे माग पनि निर्माण व्यवसायीले राखेका छन् । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।