चिनी मिलमा उखुको अभाव
महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चिनी उत्पादन गर्नका लागि उखुको अभाव भएको छ। पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा पर्याप्त मात्रामा उखु नहुँदा मिलमा ऊखुको अभाव भएको हो।
विगतका वर्षमा दैनिक ५०/६० हजार क्वीन्टल र कुनै कुनै दिन एक लाख क्वीन्टलसम्म ऊखु क्रसिङ हुने यस मिलमा अहिले ऊखु अभावमा दैनिक १०/१२ हजार क्वीन्टल मात्रै क्रसिङ हुने गरेको छ । मिलको क्षमताअनुसार ऊखु प्राप्त नहुँदा ऊखु क्रसिङ तथा चिनी उत्पादन हुन नसकेको जनाइको छ ।
चिनी उद्योगले ऊखु उत्पादकलाई ऊखु लिएबापतको रकम भुक्तानी गर्न दुई/तीन वर्ष लगाउने गरेको, पैसाको लागि आन्दोलन गर्नुपरेको र आफ्नै पैसाका लागि ज्यानसम्म गुमाउनु परेको कारण किसानले पर्याप्त मात्रामा ऊखु उत्पादन नगर्दा मिललाई ऊखु अभाव भएको हो। मिललाई उधारोमा ऊखु बिक्री गर्नुको साटो किसानले अहिले गाउँघरमै स्थानीयस्तरमा सख्खर तयार गर्ने क्रसिङ सेन्टरमा नगदमै ऊखु बिक्री गरिरहेका छन।
कुनैबेला ५८ लाख क्वीन्टल ऊखु क्रसिङ गरेर मुलुककै पहिलो चिनी कारखाना बनेको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजका यार्ड अहिले सुनसान छ भने चिनी मिलले नगदमै पनि ऊखु पाउन नसक्दा मिललाई ऊखुको अभाव सिर्जना भएको हो ।