image
image

चाडवाडमा चिनीको अभाव हुँदैन – वाणिज्य सचिव भट्टराई

काठमाडौँ, १२, असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेश भट्टराईले बजारमा एक लाख टन चिनी मौज्दातमा रहेको बताएका छन् । उनले गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा एक लाख पाँच हजार टन चिनी उत्पादन भएको बताएका छन् ।

यस्तै, सोही अवधिमा विदेशबाट दुई लाख १२ हजार टन चिनी आयात भएको सचिव भट्टराईको भनाई छ । जसअनुसार, उत्पादित र आयातित गरेर गत वर्षमा नेपालमा तीन लाख टनभन्दा बढी चिनी थियो ।

आपूर्ति मन्त्रालयका अनुसार औद्योगिक र उपभोक्ताको जोड्दा नेपालको वार्षिक माग २ लाख ५० हजार टन हो । त्यसैले गत आर्थिक वर्षमा उत्पादन÷आयात भएको र खपत भएको चिनीबाट एक लाख टन चिनी बजारमा मौज्दात रहेको भट्टराईले बताए ।

यसका साथै, चालू आर्थिक वर्षको साउन महिनामा १७ हजार ५०० टन चिनी आयात भइसकेको छ । थप १० हजार टन चिनी आयातको प्रक्रियामा रहेकाले चाडवाडमा चिनीको अभाव नहुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।