image
image

वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा उच्च गिरावट

काठमाडौँ, १२, असोज । वित्तीय प्रणालीमा तरलता अभाव बढेसँगै सेयर बजारमा पनि उच्च गिरावट आउन थालेको छ । केही समययता निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक चार महिनापछि २७ सय अंकभन्दा तल झरेको छ ।

गत चैतमा पहिलो पटक नेप्से सूचक २७ सय अंकमा पुगेको थियो । त्यसपछि क्रमशः बढ्दै साउन अन्तिममा ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गर्नुका साथै मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा समेत सिमा निर्धारण गरेको छ । यसैगरी पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलताको अभाव भई व्याजदर समेत वृद्धि हुन थालेपछि सेयर बजार प्रभावित भएको छ । कोभिड महामारी र लकडाउन लगायतका कारण अन्य क्षेत्रबाट सेयर बजारमा आएको लगानी पनि फिर्ता हुन थालेको अनुमान गरिएको छ । कोभिड महामारीका कारण लगानीका क्षेत्रहरु प्रभावित हुँदा अन्य क्षेत्रबाट समेत लगानी सेयर बजारमा आएको थियो ।

सरकारले समयमै बजेट ल्याउन नसक्नुका साथै विदेशबाट भित्रने रेमिट्यान्स समेत गिरावट आउँदा बैंकहरुमा तरलता अभाव भएको छ । यसैगरी मौद्रिक नीतिले बैंकहरुमा सिसिडि अनुपातको व्यवस्था खारेज गर्दै सिडी अनुपातको व्यवस्था लागू गर्दा पनि तरलताको रकम अभाव भएको छ ।

तरलता अभावका कारण बैंकहरुले निक्षेपको व्याजदर दोहोरो अंकमा पु¥याएका छन् भने अन्तर बैंक सापटीदर समेत ५ प्रतिशत हाराहारीमा कायम भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।