image
image

मध्य भोटेकोशीको ९० लाख कित्ता शेयर असोज २० मा खुल्ने

काठमाडौँ, १२, असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि यही असोज २० गतेदेखि साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड सम्पन्न गरेको छ।  जसमा आयोजना प्रभावितले अधिकतम १९० कित्ता र अन्य जिल्लाबासीले ५० कित्तासम्म शेयर पाएका छन्।

दोस्रो चरणमा सर्वसाधारणका लागि जारी हुने शेयर खरिदका लागि लगानीकर्ताले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।