कोरोनाको खोप खरिदका लागि सरकारले दियो थप ५० करोड
काठमाडौँ । सरकारले कोरोना भाइरस विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको छ । कोरोना भाइस रोकथाम तथा उपचारका लागि सरकारद्धारा छुट्याइएको कोषबाट अर्थ मन्त्रालयले मंगलबार स्वास्थ्य मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको हो । ।
भारतले १० लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध गराएपछि सरकारले माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिसकेको छ । पहिलो चरणमा उक्त खोप ४ लाख ३० हजार नेपालीलाई लगाउने सरकारको योजना रहेको छ । दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले आफैं खोप खरिद गर्ने तयारी थालेको छ । तर दोस्रो चरणको खोप खरीदका लागि भारतीय कम्पनीले अग्रिम भुक्तानीको सर्त अघि सारेपछि सरकारले खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । जसनुसार सरकारले पहिलो चरणमा ५० करोड रुपैयाँ उपलब्ध गराएको मन्त्रालयलाई दोस्रो चरणमा पनि थप ५० करोड नै उपलब्ध गराएको हो ।
योसँगै भ्याक्सिनका लागि हालसम्म सरकारले स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको कुल रकम १ अर्ब रुपैयाँ पुगेको छ । सरकारले, दोस्रो चरणमा ६० लाख डोज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट र ५ लाख डोज चीनबाट समेत अनुदान ल्याउने तयारी गरेको छ ।