मध्य भोटेकोशीले असोज २० देखि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने
काठमाडौँ, १२, असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसााधारणका लागि यही असोज २० गतेदेखि ९० लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ ।कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले यसअघि सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको पहिलो चरणको शेयर सोमबार बाँडफाँड सम्पन्न गरेको छ । जसमा आयोजना प्रभावितले अधिकतम १९० कित्ता र अन्य जिल्लाबासीले ५० कित्तासम्म शेयर पाएका छन् ।
मध्य भोटेकोशीको आइपीओ बाँडफाँड, आयोजना प्रभावितले अधिकतम १९० कित्तासम्म र अन्य जिल्लाबासीले ५० कित्ता पाए । दोस्रो चरणमा सर्वसाधारणका लागि जारी हुने शेयर खरीदका लागि लगानीकर्ताले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि ६० लाख कित्ता शेयर निष्कासन गरिसकेको छ । बाँकी ९० करोडको ९० लाख कित्ता शेयर अब निष्काशन हुनेछ ।
कम्पनीले यस अघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ ।