image
image

नेपाल टेलिकमले सुरु गर्‍यो एनटी च्याटबोट सेवा

काठमाडौं ५ फागुन । नेपाल टेलिकमले ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ ।  विभिन्न सेवाको जानकारी दिन उक्त सेवाको सन्चलमा ल्याउन लगिएको बताएका छन्।  अब टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने भएको छ ।
 
त्यस्तै  कम्पनीको वेभसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखापर्ने र त्यहिबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सकिनेछ । च्याटबोटमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली वा अङ्ग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने व्यवस्ता रहेको बताएका छन् ।  कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिको बारेमा च्याट गरेर सजिलै जानकारी प्राप्त गर्न सकिन्छ ।

नेपाल टेलिकमको सेवालाई सहज गराउन एनटी च्याटबोट सेवाको  माध्यमबाट विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र सिकायत÷गुनासो गर्न समेत सकिने व्यवस्था समेत गरिएको छ । सिकायत वा गुनासोको सम्बोधन च्याटबोटमार्फत स्वचालित रुपमा हुन नसकेमा कम्पनीको सम्बन्धित विभागका पदाधिकारीले अध्ययन गरी गुनासो व्यवस्थापन गर्ने व्यवस्था समेत टेलिकमले गरेको छ ।  
          
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।