image
image

शेयर बजारमा आज पनि पहिरो 

काठमाडौँ  १२ असोज  । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि उच्च अंकको गिरावट भएको छ । आज नेप्से ७०.०१ अंकले घटेर दुई हजार ६ सय १५ दशमलब ४० विन्दुमा पुगेको हो । सोमबार नेप्से ७३.०५ अंकले घटेर दुई हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा थामिएको थियो ।  

त्यस्तै, आज ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब १२ करोड बराबरको कारोबार भएकोे थियो । आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् ।   

आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । 

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र नेपाल हाइड्रो डेभलपर्श कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज १८ करोड भन्दा बढीको कारोबार भएको छ ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।