सेयर बजार ६ महिनाअघिको विन्दुमा
काठमाडौँ, १३, असोज । केही समययता लगातार ओरालो लागेको सेयर बजार ६ महिनाअघिको विन्दुमा ओर्र्लिएको छ । गत वैशाख १६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६ सय ११ अंकमा पुगेको थियो । मंगलबार नेप्से ७०.०१ अंकले घटेर २६१५.४० अंकमा ओर्लिएको छ ।
साउन अन्तिममा नेप्से सूचक ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो । नेप्से सूचकको गिरावटसँगै बजारमा कारोबार रकम पनि निरन्तर घटिरहेको छ । सेयर बजारमा दैनिक २० अर्बसम्म कारोबार हुन थालेकोमा नेप्से घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब रुपैयाँमा झरेको छ ।
सेयर बजार निरन्तर ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकको नीतिलाई प्रमुख कारक मानिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गरेको राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोकेपछि बजार अझ प्रभावित हुन थालेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्था फिर्ता लिनका लागि लगानीकर्ताहरुले अर्थमन्त्री जर्नादन शर्माका साथै गभर्नर महाप्रसाद अधिकारीलाई समेत भेटेर दबाब दिएका थिए । यसैगरी लगानीकर्ताको एक समूहले गभर्नर अधिकारीको राजीनामा माग्दै केही समय सडक संघर्ष समेत गरे पनि लगानीकर्ताको माग सम्बोधन भएको छैन ।
राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थामा रहेका साना बचतकर्ताको रकम सुरक्षित गर्नका लागि सेयर धितो कर्जामा कडाइ गरिएको स्पष्टीकरण दिँदै आएको छ । यसैगरी समयमै बजेट नआउनु र रेमिट्यान्सको गिरावटका साथै मौद्रिक नीतिका प्रावधानले बैंक तथा वित्तीय संस्थासँग तरलता कम भएसँगै व्याजदर बढाउन थालेपछि पनि बजार प्रभावित भएको छ ।
यो साता सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । तीन दिनमा नेप्से दुई सय अंकले घटिसकेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिको व्यवस्थाका साथै बैंकमा तरलताको अभाव र दशैंलगायतका चाडपर्वले प्रभाव क्षणिक भएको बताउँछन् नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल । मौद्रिक नीतिको व्यवस्था, बजारमा तरलताको अवस्थालगायतका कारण लगानीकर्ता आत्तिएको जस्तो देखिएको छ, उनले भने, यो अवस्था क्षणिक हो, सेयरबाट प्रतिफल पाउने क्षणमा आएर आत्तिएर सेयर बेच्नु हुँदैन ।
मंगलबार सेयर बजारका सम्पूर्ण समूहगत परिसूचकमा गिरावट आएको छ । यसदिन बैंकिङ ३६.९३, व्यापार ७९.३९, होटल तथा टुरिजम २४.३१, विकास बैंक १५४.४१, जलविद्युत १३८.४५ अंकले घटेको छ ।यसैगरी फाइनान्स १७५.५९, निर्जीवन बिमा ३२५.५६, उत्पादन ८९.२३, लघुवित्त १११.९९, जीवन बिमा ४३१.९१, म्युचुअल फण्ड ०.१७ र लगानी समूह ३.५२ अंकले घटेका छन् ।
नेप्से घटे पनि मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ । यसदिन २१८ कम्पनीका एक करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्व ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२७ कम्पनीका एक करोड ४ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्व १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।