image
image

दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

काठमाडौँ, १३, असोज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते ९हालसम्म०को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो ।

कार्यालयका अनुसार चालु आवमा रु एक खर्ब ९८ करोड १८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा हालसम्म वार्षिक लक्ष्यको २० दशमलव पाँच प्रतिशत लक्ष्य पूरा भएको कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए। चालु आवको गत साउन र भदौ गरी दुई महिनामा रु २७ अर्ब ५३ करोड ६९ लाख ३९ हजार लक्ष्य पाएकामा करिब रु पाँच अर्ब बढी आर्थात् रु ३२ अर्ब ५३ करोड राजस्व सङ्कलन भएको देखिन्छ । यो लक्ष्यभन्दा करिब १८ प्रतिशतले बढी हो ।

गत आव २०७७/७८ को सोही अवधिमा लक्ष्यको तुलनामा जम्मा ९५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । त्यसबेला रु १७ अर्ब १९ करोड ९९ लाख ६१ हजार राजस्व लक्ष्य पाएकामा रु १६ अर्ब ४० करोड ७० लाख ८२ हजार राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

वीरगञ्ज नाकाबाट डिजेल, पेट्रोल, सवारी साधन, एलपी ग्यास, सोयाबिन, पाम, सूर्यमुखीको कच्चा तेल, एमएस बिलेट, एचआर सिट, एचआर स्ट्रिप्स, भटमास, पोलिथिन दाना, मोबिल लुब्रिकेन्ट्स, तयारी कपडा, बस ट्रकका चेचिसलगायत सामानको आयात हुँदै आएको छ । सो नाकाबाट दैनिक करिब ८०० ट्रकमा सामान आयात हुने गरेको छ भने करिब १०० ट्रकमा सामग्री निर्यात हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।