image
image

तीन दिनमा २०४ अंकले घटेको शेयर बजारमा बुधबार सकरात्मक संकेत, कारोबार रकम कति ? 

काठमाडौँ, १३, असोज । साताको पहिलो कारोबारको दिन आइतबारदेखि नै शुरु भएको नेप्से परिसुचक ओरालो लाग्ने क्रम बुधबार भने सकरात्मक संकेत देखाएको छ  । कारोबारको तीन (आइतबार देखि मंगलबार–सम्म नेप्से परिसुचक २०४.६५ अंकले घटेको थियो । 

आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ मा पुगेको छ । नेप्से १.९३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ मा पुगेको छ ।


कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर, फाइनान्स र विकास बैंक समूह बढेको छ । 

बुधबार २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

बुधबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ६७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार मेघा बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।