एनएमबिको मुद्दती निक्षेपमा ९.५२ प्रतिशत ब्याजदर
काठमाडौँ, १३, असोज। एनएमबि बैंकले निक्षेपमा उच्च ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ ।बैंकले नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ प्रिमियमसहित) प्रदान गर्ने जनाएको छ ।
एनएमबि बैंकमा खाता नभएको ग्राहकहरूले भिभियो केवाईसी, एक भिडियो कलमा आधारित प्रविधिमार्फत पाँच मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।
भिडियो केवाईसी मार्फत ग्राहकहरूले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकसम्म नधाईकनै डिजिटल रूपमा सम्पन्न गर्ने बैंकले जनाएको छ ।
ग्राहकहरूले एनएमबिमा भिडियो कलमार्फत नयाँ खाता खोल्न र यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।