एप्पलको फोल्डेवल आईफोन आउँदै , कस्ता रहनेछन् मुख्य फिचर? हेर्नुहोस् !
काठमाडौं ५ फागुन । लामो समयदेखि एप्पलको पहिलो फोल्डेवल स्मार्टफोनको विषयमा धेरै चर्चा भइरहेकाे छ । हालैमात्र सार्वजनिक भएको एक जानकारी अनुसार एप्पलको पहिलो फोल्डेवल फोन सन् २०२३ मा रिलिज हुनेछ ।
जोन प्रोसेसरले सार्वजनिक गरेको सूचना अनुसार हाल कम्पनीले उक्त फोनको डिजाइन तयार पारिसकेको छ । भने, उक्त फोनको नाम ‘आईफोन फ्लिप’ हुन सक्ने उल्लेख गरिएको छ । उक्त क्लामशेल फोल्डेबल आईफोनमा ओएलईडी डिस्प्ले रहने छ, जसको साइज ७.३ र ७.६ इन्चको बिचमा हुने जाेन प्राेसेसरले जानकारी दिएको छ ।
प्राप्त जानकारी अनुसार एप्पलले हाल बजारमा प्रचलित डिजाइन ‘फोन टु ट्याब्लेट’ अर्थात फोल्ड गर्दा फोन र खोल्दा ट्याब्लेट आकारमा देखिने छैन । यसको अर्थ यो ‘क्लामशेल’ आईफोन डिजाइनमा उपलब्ध हुनेछ ।यसका साथ उक्त फोल्डेवल आईफोनले स्टाइलस सपोर्ट गर्नेछ । यसकाे अर्थ तपाईंले सामसङ ग्यालेक्सी नोटमा जस्तै पेन्सिलको प्रयोग गर्न सक्नुहुनेछ ।
यसअघि चीनको फक्सकोन फ्याक्ट्रीमा भएको सो परीक्षणमा कम्पनीले दुईवटा स्किृन भएको फोल्डेवल आईफोनका अतिरिक्त क्लामशेल फोल्डेबल फोनको प्रोटोटाइप परीक्षण गरिसकेकाे छ ।