मूल्यवृद्धिको विरोधमा जसपाको थाल र सिलिन्डरसहित प्रदर्शन
काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले बुधबार माईतिघरमा प्रदर्शन गरेको छ । विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेका हुन् ।
नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ) मूल्य बढाएको थियो । अघिल्लो साता निगमले ग्यासको समेत मूल्य वृद्धि गरेको थियो। निगमले एक साताको अन्तरालमै दुई पटक मूल्यवृद्धि गरेको हो ।
यस्तै राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराले एकै सातामा सरकारले दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर राहतको साटो नागरिकमाथि कष्टमात्र थपेको भन्दै आपत्ति जनाएका छन् । कोरोना महामारीले थिल्थिलिएको अर्थतन्त्रबीच सरकारको गैरजिम्मेवार निर्णय अकल्पनीय रहेको उनको भनाइ रहेको छ ।
उनले पछिल्लो मूल्यवृद्धिबाट नागरिक जीवन र अर्थतन्त्रमा बहुआयामिक प्रभाव पर्ने, दैनिक जीवन खर्चिलो हुने बताए ।