image
image

ब्लड क्यान्सरपीडित बालकको उपचारमा  सहयोग

काठमाडौँ १४ असोज । ब्लड क्यान्सर रोगले पीडित सात वर्षीय बालक अङ्कित रानाको उपचारमा रु पन्ध्र लाख बढी रकम जुटेको छ । रामपुर नगरपालिका– ५ रानाटोल बस्ने क्यान्सरपीडित रानाको उपचारमा सहयोगार्थ अङ्कित राना बचाउ अभियानमार्फत सो रकम जुटेको हो ।

हालसम्म रु पन्ध्र लाख ८७ हजार २४९ सङ्कलन गरी परिवारलाई हस्तान्तरण गरिएको अभियानका संयोजक रामबहादुर रानाले बताए । उहाँका अनुसार अझैपनि देश तथा विदेशमा बस्ने व्यक्तिबाट सहयोग रकम आउने क्रम जारी छ । उनले भने, “परिवारको आर्थिक अवस्था नाजुक हुँदा उपचारमा समस्या परेपछि सहयोग रकम उठाउन थालियो, लामो समयसम्म अस्पतालको बसाइँ पश्चात अहिले बालक घर आएका छन्, रोग पनि निको हुँदै गएको छ ।”

भुपू सैनिक राईजिङ इङ्गलिस बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत रानाको उपचारमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट सहयोग रकम प्राप्त भइरहेको छ । बालक रानाको बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा उपचार भइरहेको छ । सहयोग गर्न चहाने व्यक्तिले बालकका आमा लीला रानाको नाममा गरिमा विकास बैंक रामपुर शाखामा रहेको खाता नं. ००३०१३०००६५५५४०००००१ रकम जम्मा गरी सहयोग गरिदिनहुन सबैमा अपिल गरिएको छ ।

अस्पतालमा गत चैत २९ गतेदेखि पाँच महिना बढीको समय भर्ना गरी नियमित उपचार पाएपछि बालक रानाको रोग निको हुँदै गएको आमा लीला रानाले बताए । सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए ।

ब्लड क्यान्सर रोग देखिनु पन्ध्र दिनअघि देब्रे कान दुख्ने समस्या देखियो, त्यसपछि बिस्तारै दाहिने कान दुखेर सताउन थालेपछि रामपुर अस्पतालमा उपचारका निम्ति लगियो । रगत परीक्षणमा खराबी देखिएपछि थप उपचारका निम्ति बुटवलस्थित नर्सिङ होम हस्पिटलमा गत चैत २५ गते पु¥याइयो । उपचारको क्रममा नाक, मुखबाट रगत बग्न थालेपछि अस्पतालको सल्लाहअनुसार थप उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा गत चैत २९ गतेबाट भर्ना गरेर उपचार सुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।