image
image

मुद्राको सञ्चिती घटेपछि सटहीमा कडाई

काठमाडौँ १४ असोज ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती घटेपछि डलर र भारु लगायतका विदेशी मुद्राको सटहीमा कडाई गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थालाई विदेशी मुद्राको सटही कम गर्न अनौपचारिक निर्देशन दिएको बताए ।

उनले विदेशी मुद्राको नोट कारोबार कम गर्ने लक्ष्यसहित यस्तो निर्देशन दिएको बताए ।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलाएरै नोटभन्दा कार्ड (डिजिटल) बाट कारोबार गर्न भनेको हो । यसले राष्ट्र बैंकसँग रहेको अमेरिकी डलरको सञ्चिती घट्नबाट रोकिने केन्द्रीय बैंकको विश्वास छ ।

त्यस्तै  चालू आर्थिक वर्षमा आयात ह्वात्तै बढेपछि राष्ट्र बैंकको ढुकुटीबाट विदेशी मुद्राको सञ्चिती निरन्तर घटिरहेको र  आयातको तुलनामा न्यून निर्यात हुँदा वैदेशिक व्यापारमार्फत विदेशी मुद्रा आर्जन हुन नसक्दा यस्तो समस्या देखिएको हो ।   

 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।