image
image

नेप्सेमा दोहोरो अंकको गिरावट, तीन कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट

काठमाडौँ १४ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकको गिरावट आएको छ । बुधबार ५०.५८ अंकले बढेर दुई हजार ६ सय ६५ दशमलब ९४ विन्दुमा पुगेको नेप्से आज फेरि दोहोरो अंकले घटेको हो ।   

आज नेप्से ३२.५१ अंकले घटेर दुई हजार ६ सय ३३ दशमलब ४२ विन्दुमा थामिएको छ । त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ७० करोड बराबरको कारोबार भएको छ । बुधबार ५ अर्ब २ करोड ८५ लाख बराबरको कारोबार भएको थियो । आज कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।   

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये तीन कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेपाल फाइनान्स,  मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।   

त्यस्तै, आज गुडवील फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज १२ करोड भन्दा बढीको कारोबार भएको छ ।       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।