image
image

नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत लाभांश स्वीकृत  

काठमाडौँ, १५, असोज । नेपाल पुनर्बीमा कम्पनीको लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । बीमा समितिले कम्पनीलाई १९ प्रतिशत लाभांश वितरण गर्ने स्वीकृत दिएको हो ।

कम्पनीको सञ्चालक समितिको असार ७ गते सम्पन्न बैठकले चुक्ता पूँजीको १६.५० प्रतिशत बराबरले हुन आउने एक अर्ब ६५ करोड रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ३.५० प्रतिशत बराबरको ३५ करोड रुपैयाँ नगद नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

तर, कम्पनीले प्रस्ताव गरेको उक्त लाभांशलाई बीमा समितिले परिमार्जन गर्न निर्देशन दिएको थियो । बीमा समितिले परिमार्जित वित्तीय विवरण पेश गर्न निर्देशन दिएपछि कम्पनी सञ्चालक समितिको बैठकले १६.५० प्रतिशत बोनस शेयर र कर सहित २.५० प्रतिशत मात्र नगद वितरण गर्ने प्रस्ताव गरेको थियो । 

समितिको निर्देशनपछि पहिले प्रस्तावित लाभांशमा १ प्रतिशत नगद लाभांश घटेको थियो । सोही लाभांश समितिबाट स्वीकृत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।