image
image

कुमारी बैंकको ४ लाख ३३ हजार ६४० कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौँ, १५, असोज। कुमारी बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रालिको नाममा रहेको १ लाख ९५ हजार  कित्ता र बेद प्रकाश उप्रेतीको नाममा रहेको २ लाख ३८ हजार ६४० कित्ता गरी कुल ४ लाख ३३ हजार ६४० कित्ता संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य तोकिएको छैन । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा आइपग्ने गरी आवेदन दिन अनुरोध गरेको छ । 

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।

कम्पनीको शेयर रजिष्टारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।