image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ, १५, असोज । आज (शुक्रबार) नेपाली श्रमिकहरूको गन्तव्य मुलुकका मुद्राको विनियमदर बढेको छ । खाडी क्षेत्रका मुलुकबाट प्राप्त मुद्रा साट्दा हिजोभन्दा आज धेरै रकम पाइनेछ । 

हिजो साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७१ पैसा रहेको थियो । आज सो मुद्राको खरिददर ३१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा, यूएई दिरामको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिटको खरिददर २८ रुपैयाँ ३० पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा तोकिएको छ । यी सबै मुद्राको सटहीदर बढेको हो ।

नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिददर ३९२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ६८ पैसा तोकिएको छ । यस्तै, विनियमदरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिददर ३१४ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१५ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यी सबै मुद्रा विनियमदर हिजोभन्दा आज बढेको छ ।


नेपाली श्रमिकहरूको आकर्षक श्रम गन्तव्य दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ४ पैसा कायम गरिएको छ । यो मुद्राको विनिमयदर भने स्थिर छ । हङकङ डलर एकको खरिददर १५ रुपैयाँ २१ पैसा र बिक्रीदर १५ रुपैयाँ २९ पैसा कायम गरिएको छ । यो मुद्राको विनिमयदर हिजोको तुलनामा १ पैसाले बढेको हो ।


नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७ पैसा तोकेको छ । यो मुद्राको भाउ पनि बढेको छ । दोस्रो ठूलो अर्थतन्त्र चीनको मुद्रा युुआनको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा तोकिएको छ । यो मुद्राको भाउ पनि बढेको हो ।

यूरोपेली मुद्रा यूरोको खरिददर १३७ रुपैयाँ १४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८४ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १५९ रुपैयाँ २६ पैसा र बिक्रीदर १६० रुपैयाँ ७ पैसा तोकिएको छ । क्यानडेली डलर एकको खरिददर ९३ रुपैयाँ ६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५३ पैसा, सिंगापुर डलर एकको खरिददर ८७ रुपैयाँ ४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यी मुद्राहरू साट्दा भने हिजोभन्दा आज कम रकम पाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।