image
image

साल्ट ट्रेडिङले उपलब्ध गराउन सकेन चिनी

काठमाडौँ १५ असोज  । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ता मर्कामा परेका छन् । साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि प्रदेश राजधानी वीरेन्द्रनगरका उपभोक्ता महँगोमा चिनी किन्न बाध्य छन् ।


सरकारी स्वामित्वको यस कार्यालयले चिनी प्रतिकेजी रु ७९ मा उपभोक्तालाई बिक्री गर्दथ्यो । बजार मूल्य प्रतिकेजी रु १०० छ । राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश अध्यक्ष विन्दुलाल रेग्मीले सरकारी कम्पनीको गोदाममा चिनी नभएपछि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको गुनासो गरे । “सरकारी गोदाममा चिनी नभएको मौका छोपेर व्यवसायीले आफूखुसी मूल्य बढाएका छन्”, उनले भने, “दशैँ नजिकिँदैछ, “विपन्न उपभोक्ताले बजारको महँगो चिनी किनेर चाडपर्व मनाउन सक्ने अवस्था छैन, यस्तो अवस्थामा सरकारी कम्पनीले छिटो ढुवानीको प्रक्रिया अघि बढाउनुपथ्र्यो ।” प्रभावकारी बजार अनुगमन नहुँदा व्यवसायीले खाद्यवस्तुको मूल्य मनपरि बढाएको उनको भनाइ छ ।

लिमिटेडका निमित्त कार्यालय प्रमुख पारसनाथप्रसाद चौधरीले चिनी ढुवानीका लागि अर्थ मन्त्रालयले खरिद स्वीकृति नदिँदा भारतबाट चिनी आयात हुन नसकेको जानकारी दिए । उनका अनुसार कार्यालयले नुन प्रतिकेजी रु १८ मा बिक्री गर्ने गरेको छ । अघिल्ला वर्षहरुमा दशैँ–तिहारमा सहुलियतमा नुन र चिनी बिक्री गर्दै आएको कार्यालयले यसपटक चिनीको ढुवानी नभएको र गोदाममा पनि मौज्दात नभएको जनाएको छ । यही असोज ४ गतेदेखि कार्यालयले आफ्नै गोदामबाट नुन बिक्री वितरण गर्दै आएको छ । गोदाममा झण्डै तीन हजार क्विन्टल नुन मौज्दात छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।