गायक नवीन परियार र शान्ती श्री परियारको आवाजमा रहेको ‘डिम्पल गालैमा’ ले चर्चा बटुल्दै
२०७८ असोज १५, पछिल्लो समय नेपाली सांगितिक बजार फेरि तात्दै गएको छ । अहिले प्रायःजसो दैनिक रुपमा नयाँ गीतहरु सार्वजनिक भैइरहेका छन । अझ अहिले थुप्रै कलाकारहरू विभिन्न किसिमका सांगितिक कोसेलीको तयारी र बजारमा ल्याउन जुटिरहेका छन ।
यसैक्रममा लोकप्रिय गायक नवीन परियार , र शान्ती श्री परियार परियारको आवाजमा ‘डिम्पल गालैमा’ बोलको गीतले बजारमा चर्चा बटुलिरहेको छ । त्यसैगरी गीतमा शब्द सुरेन सिर्जन र संगीत भने गायक परियारकै रहेको छ ।
भिडियोलाई दिपेन्द्र तिमिल्सिना ले निर्देशन गरेका छन भने भिडियोलाई करन चैसिरले आकर्षक फ्रेममा खिचेका छन । उक्त म्युजिक भिडियोको सम्पादन भने मनोज कार्की ले गरेका छन ।
यस गीतको भिडियोमा चर्चित अनुहारहरुलाई राखिएको छ । भिडियोमा नम्रता सापकोटा र जोन बी बम लगायत कलाकारहरुको दमदार अभिनय रहेको छ । भर्खर मात्र बजारमा आएको “डिम्पल गालैमा” बोलको गीत निकै मिठो रहेको छ । थुप्रै दर्शकहरुले निकै सकारात्मक प्रतिक्रिया दिएका छन। गीतलाई “जोन बी बम ” युट्युब च्यानल मार्फत बजारमा ल्याईएको छ । गीतको भिडियोमा माया पिरती को कुराहरुलाई उत्कृष्ट ढंगबाट पर्दामा उतारेका छन । यो गीतलाई अझ धेरै रुचाउने निर्माण टिमको बिश्वास रहेको छ ।
गायक नवीन परियाले गाएको गीतको शब्दमा मर्म उनिएको पाइन्छ, नृत्यमा त्यतिकै मीठो फ्लेबर र अभिनयमा वास्तविकता फेला पर्छ। उनका गीतहरू उत्तेजक र दिअर्थी बाट टाढा रहेको हुन्छ । भिडियो हेर्नुस्









