आयात–निर्यात सहजीकरणका लागि > राष्ट्रिय एकद्वार प्रणाली..
सरकारले आयात तथा निर्यातलाई सहजीकरण गर्नका लागि एकद्वार प्रणाली सुरु गर्न लागेको छ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको हो । राष्ट्रिय एकद्वार प्रणाली बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रको सेवा एकै प्रणालीमार्फत प्रदान गरिने भन्सार विभागले जानकारी दिएको छ । विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू जानकारी दिए ।
भन्सार विभागले कार्यान्वयन गर्न लागेको प्रणाली कार्यान्वयनबारे अर्थ, उद्योग र कृषि मन्त्रीलाई बुधबार जानकारी गराएको छ । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंछि विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ । तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा अन्य कार्यलयमार्फत पनि विस्तार गरिने र यसमा सरकारी र निजी क्षेत्र सहभागी हुने भन्सार विभागले जनाएको छ । एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरूमा डिजिटल प्रणालीको सुरुवात हुने दाबी भन्सार विभागको छ । एकद्वारा प्रणालीलाई भन्सारसँग आवद्ध गरेपछि आयात निर्यातलाई सहजीकरण हुने छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजस्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान आवश्यक बताए । यसबाट लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरू विभाग तथा कार्यालयसम्म पुगिराख्नु पर्ने छैन भने कागजी काम कारवाही बन्द हुने उनको भनाइ छ ।