image
image

अब २० युनिटसम्म विद्युत निशुल्क उपलब्ध हुने 

काठमाडौँ १५ भदौ । सरकारले आर्थिक अवस्था कम्जोर भएका नेपालीलाई २० युनिटसम्म विजुली निशुल्क उपलब्ध गराउने भएको छ । विद्युत नियमन आयोगले विजुलीको शुल्क समायोजन गर्ने क्रममा ५ एम्पियरको फ्युज जडान गरेका परिवारलाई २० युनिटसम्मको विद्युत निशुल्क दिने भएको हो । 

लामो समयदेखि विद्युत शुल्कको समायोजन नभएको भन्दै नेपाल विद्युत प्राधिकरणले आयोगसमक्ष विद्युत शुल्क वृद्धि गर्न प्रस्ताव राखेपछि आयोगले शुल्क समायोजनसँगै निशुल्क विद्युत समेत वितरण गर्ने तयारी गरेको आयोग स्रोतले जनाएको छ । 

मङ्सिर १ गते बाट समायोजन शुल्कसँगै निशुल्क विद्युत समेत उपलब्ध गराउने आयोगले जनाएको छ । यस वर्ष देखि आयोगले विदेशबाट आयत गरिएको ग्यास, इन्धन लगायतलाई कम गर्न आयोगले विद्युत खपतलाई वृद्धि गर्ने भएको छ । यसका लागि आयोगले बढी विद्युत प्रयोग गर्नेलाई सस्तो शुल्कमा उपलब्ध गराउने भएको छ ।

कृषिमा उत्पादनलाई वृद्धि गर्ने लक्ष्यले सिँचाइका लागि कम महसुल तोक्ने, विद्युतमा लगाइएको राज्यको कर छुट गरी सस्तोदरमा उपभोक्तालाई विद्युत वितरण गर्ने आयोगले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।