image
image

यो साता नेप्सेमा पाँच कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

काठमाडौँ १६ असोज ।  यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर सूचिकृत भएको छ । सूचिकृत हुनेमा  मानुषी लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, नबिल इक्विटी फण्ड, नबिल ब्यालेन्सड फण्ड-२ र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रहेको छ । 

१. मानुषी लघुवित्त वित्तीय संस्था
मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण हुने भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत हुने भएको हो ।लघुवित्तले साउन २७ गते देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भदौ ७ गते बाँडफाँट भएको थियो । आईपीओ बाँडफाँट भएको एक महिना पछि बल्ल शेयर सूचीकरणको अन्तिम चरणमा रहेको बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले जनाएको छ ।


२. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
नेप्सेमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले घोषणा गरेको १०.५२ प्रतिशत लाभांशका लागि सेयर मूल्य समायोजन भएको छ ।  

कम्पनीको अन्तिम कारोबार मूल्य ५७५ रुपैयाँमा बोनसको लागि मूल्य समायोज गरिएको नेप्सेले जनाएको छ । अव समायोजपछि आज कम्पनीको सेयर कारोबार ५२३ रुपैयाँमा सुरु हुनेछ । 

३. नबिल इक्विटी फण्ड 
नबिल इक्विटी फण्डको इकाई मूल्य  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । समायोजन पछि नबिल इक्विटी फण्डको ईकाई मूल्य ११.५४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १५.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

४. नबिल ब्यालेन्सड फण्ड-२ 
नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । समायोजन पछि नबिल ब्यालेन्सड फण्ड २ को ईकाई मूल्य ११.०४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १४.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

५. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।डिप्रोक्सको २० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ३८८ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।