नेपाल टेलिकमको फोरजी सेवा सोलुखुम्बुमा पनि शुरू
काठमाडौँ ६ फागुन । नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखाम्बुमा पनि फोराजी सेवा शुरू गरेको छ । जिल्लामा निर्माण गरिने ३८ वटा फोर लेग टावरमध्ये छवटा टावर निर्माणसम्पन्न गरिए सँगै फोरजी सेवा शुरू गरिएको हो ।
नेपाल टेलिकम कार्यालय ओखलढुंगाका प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको कांगेलमा निर्माण भएका टावरबाट सेवा सुचारु गरिएको हो ।
नेपाल टेलिकमको फोरजी सेवाको पहुँच हालसम्म छ सय १५ स्थानीय तहमा पुगेको छ भने देशैभर फोरजीको पहुँच पु-याउने गरी २०७५ पुसमा सम्झौता गरी कामअगाडि बढाएको थियो । यस्तै सोलुदूधकुण्ड नगरपालिकाको सल्लेरी, फाप्लु र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्याङबोचेमा यसअघि नै सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ । क्याम्जे, डाँडाखर्क र गुदेलमा पनि टावर निर्माणसम्पन्न गरिएको र केही दिनभित्र सेवा सञ्चालन गरिने बताइएको छ
पन्थीका अनुसार सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ दूधकोशी गाउँपालिकाको कांगेलमा निर्माण २५ वटा फोर लेग टावरमध्ये छवटाबाट फोरजी सेवा सुचारु भएको छ ।सिद्धिचरण नगरपालिकाको वीरेन्द्रपार्क, तलुवा, ओखलढुंगा बजार, कमेरेडाँडा, रुम्जाटार र मोलुङ गाउँपालिकाको रामपुरमा सेवा सुरु भएको हो । साथै अन्य टावरहरुमा एन्टिना राख्ने कामसँगै लिंक मिलाउने काम भइरहेको पन्थीको भनाइ छ ।