image
image

चाडपर्वको मूखमा हरियो तरकारीको भाउ अचाक्ली

काठमाडौँ, १७, असोज । नेपालीहरुका महान चाडबाडहरु दसैं, तिहार, छठ नजिकिँदै जाँदा व्यापारीले हरियो तरकारीको मूल्य बढाएका छन् । पछिल्लो दुई सातायता तरकारी भाउ अचाक्ली बढेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार, बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।

भदौको अन्तिम साता थोकमा प्रतिकेजी २० रुपियाँ रहेको गोलभेँडा असोजको दोस्रो साता सकिँदा ६० रुपियाँ पुुगेको छ भने आलु रातो ४५ रहेकोमा अहिले ६५ रुपियाँ पुगेको समितिले जनाएको छ ।

समितिका अनुुसार तुनेबोडी प्रतिकेजी ६५ रुपियाँबाट १३० रुपियाँ, घिरौँला प्रतिकेजी ४५ बाट ८० रुपियाँ घिउसिमी ७५ रुपियाँबाट १३० रुपियाँ भिन्डी प्रतिकेजी ४० बाट ७० रुपियाँ पुगेको छ । त्यसै सुुकेको प्याज प्रतिकेजी ४५ रुपियाँबाट थोकमै ५५ देखि ५८ रुपियाँ पुगेको समितिले जनाएको छ ।

समितिका अनुसार बजारमा दैनिक आठ सयदेखि एक हजार मेट्रिक टनसम्म तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले बजारमा तरकारीको आयात कम भएर नभई उत्पादनको लागत बजारमा माग बढेकाले महँगो भएको हुनसक्ने बताए ।उनले भने, तरकारी आयातमा कुनै समस्या छैन नियमित निर्वाध रूपमा तरकारी आइरहेको छ ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल मर्हजनले तरकारी पर्याप्त आउँदा पनि उपभोक्ता महँगीको मार सरकारको बजार अनुुगमन प्रभावकारी नहुँदाको परिणाम रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।