image
image

शेयर बजारमा रोकिएन पहिरो जाने क्रम, आज पनि उच्च अंकको गिरावट

काठमाडौँ १७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ५५.९३ अंकले घटेर दुई हजार पाँच सय ७७ दशमलब ४९ विन्दुमा थामिएको छ । त्यस्तै, आज ४ अर्ब ११ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना मैलुङ खोला जलविद्युत कम्पनी र स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेका छन् । आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.५ प्रतिशतले बढेको छ ।    

नेप्सेका अनुसार आज गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड भन्दा बढीको कारोबार भएको छ ।       
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।