image
image

फलामे छडको मूल्य किलोमा ४ रुपैयाँले घट्यो  

काठमाडौँ, १७, असोज । बजेटको सकारात्मक प्रभावका कारण फलामे छडको मूल्य घट्न सुरु गरेको छ । नेपाल फलामे छड उत्पादक संघले आफ्ना सदस्यहरुलाई प्रतिकिलो ४ रुपैयाँका दरले मूल्य घटाएर बिक्रि गर्न अनुरोध गरिसकेको छ ।

साहिल अग्रवाल नेतृत्वको यो संघले सरकारले भदौ २५ गते ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानिय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाले नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी ४ रुपैयाँले घट्ने जनाएको छ ।

बजेट पछिका तीन हप्तामा अन्तराष्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२ प्रतिशत भन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी रु ४ ले घटाई फलामे छड बिक्रि वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं’ संघले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।