घट्न थाल्यो डन्डीको भाउ
काठमाडौँ। विगत चार/पाँच महिनादेखि बढेको फलामे छड (डन्डी)को भाउ केही दिनदेखि क्रमशः घट्न थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ घटेको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लगातारको अनुगमन, निर्देशनपछि डन्डीको भाउ प्रतिेजीमै सात/ आठ रुपियाँ घटेको हो ।
आपूर्ति विभागले फलाम उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारमा घटिसकेकाले अब पुरानै भाउमा फर्किने जनाएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले पछिल्लो चार/पाँच महिनामा मात्रै फलामे डन्डीको भाउ प्रतिकेजीमा ३० देखि ३५ रुपियाँसम्म बढेको जनाएको थियो। भने डन्डी उत्पादक उद्योगीले बिलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (आइरन ओर) नै अभाव रहेको भन्दै भारतमा बिलेटको मूल्य बढ्दा नेपाली बजारमा पनि डन्डीको भाउ बढेको दाबी गर्दै आएका थिए ।
पञ्चकन्या ग्रुपका सञ्चालक धु्रवकुमार श्रेष्ठले पछिल्लो समयमा बिलेट बनाउन प्रयोग गरिने आइरन ओर नामक कच्चा पदार्थको मूल्य क्रमशः घट्न थालेसँगै डन्डीको भाउ घट्ने क्रम जारी रहेको बताए । पञ्चकन्या डन्डी अघिल्लो सातासम्म प्रतिकेजी १०० रुपियाँभन्दा माथि रहेकामा अहिले घटेर ९०/९२ रुपियाँमा झरेको उनले जानकारी दिए। पछिल्लो समय कच्चा पदार्थको भाउ घटेसँगै जगदम्बा, काठमाडौैँ स्टिल, हिमाल स्टिललगायतका सबै फलामे डन्डी उद्योगले भाउ घटाउन थालेको उपभोक्ता संरक्षण विभागले जनाएको छ ।